Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारी डाक्टर आन्दोलनमा, देशभरको सरकारी अस्पतालको ओपीडी सेवा ठप्प


  • शुक्रबार, चैत्र २२ २०७५

  • सरकारी डाक्टर आन्दोलनमा, देशभरको  सरकारी अस्पतालको ओपीडी सेवा ठप्प

    काठमाडौँ– सरकारी चिकित्सकहरु सेवा नै अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका छन् । डाक्टरहरुको आन्दोलनको कारण शुक्रबार काठमाडौं उपत्यका लगायत देशैभरका सरकारी अस्पतालबाट सर्वसाधारणहरु ओपीडी सेवा लिनबाट बञ्चित भएका छन् ।
    सरकारले चैत १४ गतेको मन्त्रिपरिषद बैठकमार्फत अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न नपाइने भन्दै राजपत्रमा सुचना प्रकाशित गर्ने निर्णय बिहीबारमात्रै सार्वजनिक गरेको थियो ।
    सरकारको निर्णयअनुसार टेलिफोन, जल, स्थल वा हवाई यातायात, रेलमार्ग सञ्चार सेवाका क्षेत्र, खानेपानी वितरण तथा सञ्चालन, पर्यटन, होटल, एलपी ग्यास, अस्पताल एम्बुलेन्स, औषधी उत्पादन, फोहोर मैला व्यवस्थापन, विद्युत, दैनिक खाद्य बस्तु लगायतका क्षेत्रमा अबदेखि हड्ताल गर्न नपाइने व्यवस्था छ । तर, सरकारको निर्णयलाई चुनौती दिँदै सरकारी चिकित्सकहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । उनीहरुले कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सरकारी अस्पतालमा शुक्रबारबाट आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका हुन् ।
    आफूहरूलाई संघीय सरकारको मातहतमा राख्नुपर्ने सरकारी चिकित्सकहरुको माग छ । सरकारी चिकित्सक संघ का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले सरकारी चिकित्सकहरुले कुनै पनि सरकारी अस्पतालमा आकस्मिक बाहेकका बिरामी नहेरेको बताए । उनका अनुसार देशभर नै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका काम बन्द गरेका हुन् ।
    गोडानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गर्दै चिकित्सा सेवा बहिष्कार गर्ने निर्णय संघले बुधबार गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij