Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बारा र पर्साका आँधी पीडितलाई एनआईसी एशिया बैंकले गर्यो सहयोग


  • बिहिबार, चैत्र २१ २०७५

  • बारा र पर्साका आँधी पीडितलाई एनआईसी एशिया बैंकले गर्यो सहयोग

    काठमाडौं– एनआईसी एशिया बैंकले बारा र पर्साका आँधीबाट पीडितहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।
    बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडितका राहत सामाग्री हस्तान्तरण गरेको छ । बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।
    उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोद कुमार प्याकुरेलले हस्तान्तरण गरेका थिए । सो अवसरमा संचालक प्याकुरेलले उक्त सहयोगले हुरीबतासबाट पीडित गाउँका सर्वसाधारणहरूलाई केही मात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij