Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटलबीच सम्झौता


  • शुक्रबार, चैत्र १५ २०७५

  • माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटलबीच सम्झौता

    काठमाडौं– माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटलबीच सम्झौता भएको छ।
    उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृ श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार बैंकको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पूर्ण काम निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटलले सम्पन्न गर्ने छ ।
    ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको जनाइएको छ। साथै नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमाति लिइ बैंकले विक्रीको लागि आवेदन खुल्ला गरेको छ।
    बैंकका अनुसार ऋणपत्रमा बार्षिक १०.२५ प्रतिशत दरको ब्याजदर रहेकोे छ। प्रति ऋणपत्र अंकित मूल्य १ हजार दरका ३० लाख कित्ताको जम्मा ३ अर्व रुपैयाँ निष्काशित ऋणपत्रमा अठार लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट १२ बाह्र लाख. कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रक्रियाबाट बिक्री गरीने भएको छ। ऋणपत्रको अवधि १० बर्ष रहने बैंकको भनाइ छ।
    नेपाल स्टक ऐक्स्चेन्जमा सूचीकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा विक्री गर्न सकिने छ। साथैआवश्यक पर्दा बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्र धितो राखी क्रण लिन सकिने बैंकले जानकारी दिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij