Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लिटिल मिस हेरिटेज नेपाल २०१९को आवेदन खुल्ला


  • सोमबार, फाल्गुन २७ २०७५

  • लिटिल मिस हेरिटेज नेपाल २०१९को आवेदन खुल्ला

    काठमाडौं –जेनिथ ईन्टरटेनमेन्ट आयोजक रहेको ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला भएको छ । सोमबार एक बिज्ञप्ती जारी गर्दै जेनिथ ईन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो ।
    स्कुल अध्यायन गर्ने छात्राहरुको क्षमता निखार्दै उनीहरुको भविश्य उज्वल बनाउने उदेश्यले आयोजना हुदै आएको प्रतियोगितामा सिनियर तथा जुुनियर एकएक विजेता छानिने छन् । 
    ‘जुनियर लिटल मिस हेरिटेज’का लागि ८ देखि १३ र ‘सिनियर लिटल मिस हेरिटेज’का लागि १३ देखि १७ बर्षसम्मका छात्राहरुले आवेदन भर्न सक्नेछन् ।
    ‘परिबर्तनका लागि जेनिथ’ भन्ने मुल नाराका साथ कलिला मस्तिष्कहरुमा सकरात्मक बिकाश गराइ उनिहरुको ब्याक्तित्व बिकाश र आत्मबिस्वास अभिबृद्धी गरि मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी ब्यक्तित्व उत्पादन गर्न प्रतियोगिताका लाभदायक हुने जेनिथ ईन्टरटेनमेन्टका सिइओ बिक्रम सिङ मैनालीले बताए ।
    जेनिथ ईन्टरटेनमेन्टको फेसबुक पेज तथा संस्थाको नयाँ बानेश्वरस्थित कार्यलयबाट पनि आवेदन भर्न सकिने प्रतियोगिताको पहिलो अडिसन यही चैत्र २३ गते तीनकुनेस्थित मण्डला ब्याङ्क्वेटमा आयोजना हँुदैछ । 
    अडिसनबाट छानिएका प्रतियोगितले अन्तिम स्पर्धाका लागि कलाकार, मोडेल, चर्चित ब्यक्तिबाट बिभिन्न प्रशिक्षण लिनेछन् । 
    मिस हेरिटेज नेपालका दुबै शिर्ष बिजेताले आकर्षक नगद पुरस्कार, म्युजिक भिडियो तथा अध्यायनका लागि बिभिन्न छात्रवृत्तिको साथ नेपालको प्रतिनिधित्व गर्दै अन्तरास्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अबसर प्राप्त गर्नेछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij