Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्याकेजिङ्ग एक्स्पो-प्याकप्रोटेक २०१९ हुँदै


  • आइतबार, फाल्गुन २६ २०७५

  • प्याकेजिङ्ग एक्स्पो-प्याकप्रोटेक २०१९ हुँदै

    काठमाडौं- प्याकेजिङ्ग तथा खाद्य प्रशोधन उपकरण सम्बन्धि एक्स्पो “प्याकप्रोटेक २०१९” काठमाडौंमा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा फाल्गुन २८, २९ र ३० मा हुन लागेको यो पहिलो एक्स्पो मेसे इन्डिया, इन्स्टिच्यूट अफ प्याकेजिङ्ग मेसिनरी म्यानुफ्याक्चरर्स अफ इन्डिया तथा ईआरएम कन्सेप्ट्सको संयुक्त आयोजनामा गर्न लागिएको हो ।

    नेपालको खाद्य तथा एफएमसिजि बजार १७ प्रतिशतको द्रुत दरमा वृद्दि भइरहेको छ, जुन विश्वको औसत २ देखि ३ प्रतिशत आँकडा भन्दा धेरै गुणा ठूलो हो । नेपालमा चाउचाउ, कन्फेक्सनरी र चुरोटको बजार सबैभन्दा बढी वृद्दि हुने क्षेत्रमा पर्दछन् भने पेय पदार्थ २० प्रतिशत र वस्तु उत्पादनको वृद्दि २५ प्रतिशतमा रहेको छ । यसै गरी प्लास्टीक उद्योग ११ प्रतिशतको दरले वृद्दि भइरहेको छ ।

    थोरै लगानी तथा कामको माग रहेको नेपाली बजारमा प्याकप्रोटेक २०१९ ले संसारमा प्रचलित विभिन्न प्याकेजिङ्ग तथा यसमा आएका प्रविधिहरुको प्रदर्शन गर्ने बताइएको छ । यस एक्स्पोमा फ्लेक्जीबल प्याकेजिङ्ग सिस्टम, सेकेण्डरी प्याकेजिङ्ग, कार्टन र विभिन्न प्रकारका लेबलहरुको पनि प्रदर्शनी गरिने छ ।

    एक्स्पोमा “प्याकेजिङ्ग इनोभेसन एण्ड सोल्युसन” भन्ने शीर्षकमा एकदिने सम्मेलन हुनेछ । फाल्गुन २९ मा हुने सम्मेलनमा प्याकेजिङ्गको महत्व र यसबाट व्यापारलाई हुने फाइदाका बारेमा जानकारी दिइनेछ । यो सम्मेलनले प्याकेजिङ्ग प्रविधिहरु नेपाली बजारमा बृहत रुपमा चिनाउनेछ र सहकार्यका अवसरहरु नेपाली व्यापारीहरुलाई दिनेछ ।

    सम्मेलनका साथसाथै फाल्गुन २८ र ३० गते “पीच सेसन” हुनेछन् जसमा यस उद्योगका अनुभवि कम्पनी/व्यक्तिद्वारा प्याकेजिङ्ग सम्बन्धि प्रस्तुती गरिनेछन् ।

    करिब १०० वटा स्टल राखिने यस एक्स्पोमा प्याकेजिङ्ग, प्रिन्टिङ्ग, खाद्य प्रशोधनका उपकरण, एफएमसिजि, फार्मास्यूटीकल्स आदि सँग सम्बन्धित कम्पनी/व्यक्तिहरुको उपस्थिती रहनेछ ।

    प्याकप्रोटेक नेपालको एकमात्र प्याकेजिङ्ग इभेन्ट हो । कम्पनी तथा ब्राण्ड, खाद्य–प्रशोधन तथा पेय पदार्थ, फार्मास्यूटीकल्स उपकरण, तथा वस्तु उत्पादनसँग सम्बन्धित उद्योगमा संलग्न व्यक्तिहरुको सहभागिता यस एक्स्पोमा हुनेछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij