Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकार र ग्याँस उद्योगी विच ३ बुँदे सहमति, ग्याँस उद्योगीको आन्दोलन स्थगित


  • मंगलबार, फाल्गुन २१ २०७५

  • सरकार र ग्याँस उद्योगी विच ३ बुँदे सहमति,  ग्याँस उद्योगीको आन्दोलन स्थगित

    काठमाडौं -आन्दोलनरत ग्याँस उद्योगीले सरकारसँग ३ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित गर्ने निर्णय गरेका छन् ।
    उक्त ३ बुँदे सहमति पत्रमा नेपाल आयल निगमको तर्फबाट अध्यक्ष गोकुल भण्डारी र एलपी ग्याँस उद्योग संघको तर्फबाट कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले हस्ताक्षर गरेका छन् ।
    उद्योगी तथा व्यवसायीका मागका सम्बन्धमा अध्ययन गर्न गठित समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
    यस्तै पेट्रोलियम पदार्थको व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij