Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल सीईओ सम्मेलन तथा अवार्ड–२०१९ को आवेदन खुल्ला


  • बिहिबार, फाल्गुन २ २०७५

  • नेपाल सीईओ सम्मेलन तथा अवार्ड–२०१९ को आवेदन खुल्ला

    काठमाडौं– विजनेश प्लस टेलिभिजनको आयोजनामा आर्थिक तथा वित्तीय संस्थाहरूको कार्यकारी प्रमुखको भूमिका निर्वाह गरिरहेका व्यक्तिहरू (सीईओ) को सम्मेलन ‘नेपाल सीईओ सम्मेलन तथा अवार्ड २०१९’ आउँदो अप्रिल महीनामा काठमाडौंमा हुने भएको छ ।
    सम्मेलन तथा अवार्डमा भाग लिनका लागि फेब्रुअरी २८ सम्म आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ । उक्त सम्मेलन दक्षिण एशियाका व्यापारिक तथा व्यावसायिक व्यक्तिहरूका लागि अत्यन्तै महत्त्वपूर्ण जमघटका रूपमा लिइएको छ ।

    प्रतिष्ठित व्यवस्थापक विज्ञहरूले राष्ट्र र मानव जातिका लागि गरिएको योगदान तथा उनीहरूले प्राप्त गरेको उपलब्धिको सम्मानस्वरूप उक्त सम्मेलनको आयोजना हुने कार्यक्रम संयोजक लता कँडेलले जानकारी दिइन् । नेपाल र दक्षिण एशियाली क्षेत्रमा मूल्य शृंखलाको सम्भाव्यतामा केन्द्रित भई सार्वजनिक निजी सहकार्यको महत्वलाई अगाडि बढाउन, लगानीको प्रवर्द्धन गर्न र व्यापारको सहजीकरण तथा वृद्धि गर्न उक्त सम्मेलन हुने भएको उनको भनाइ छ । उक्त सम्मेलनबाट नेपालका आर्थिक तथा वित्तीय क्षेत्रमा क्रियाशील ८ ओटा विधामा पुरस्कार प्रदान गर्ने संयोजक कँडेलले बताइन् । विजेताको नाम छनोट गर्न प्राडा विजय केसीको अध्यक्षतामा ७ सदस्यीय कमिटीे गठन गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij