झापा– लागूऔषध मुद्दाका फरार प्रतिबादी झापा दमक नगरपालिका-१२ बस्ने २२ वर्षीय रुचन शाक्यलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत विराटनगर ईलाम ईजलासको २०७४ भदौ ७ गतेको फैसलाले लागूऔषध मुद्धामा ४ बर्ष ४ महिना कैद र ५ हजार जरिवाना ठहर भई फरार रहेका शाक्यलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतमा दाखिला गरेकोमा कैद भुक्तानको लागि कारागार पठाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
