Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ


  • शुक्रबार, पुष २७ २०७५

  • नियन्त्रित लागूऔषध सहित तीन जना पक्राउ

    काठमाडौं– काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकबाट बर्दिया साविक महमदपुर-९ घर भएका ३२ वर्षीय लालबहादुर रानालाई नियन्त्रित लागूऔषध डाईजेल्याब ८ सय ३५ थान, नूर्फिन ८ सय ५४ थान, फेनारगन ८ सय ८६ थान, नेपाली नगद ३० हजार रुपैयाँ र १ थान मोबाइल सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कारोबार गर्ने मानिस कुरेर बसेको अवस्थामा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    यसैगरी काठमाडौं महानगरपालिका-७ चाबहिलबाट सोही ठाउँ बस्ने ३२ वर्षीय विष्णु रिमाल र काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने २९ वर्षीय प्रताप नगरकोटीलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, ब्रुप्रेनोर्फिन १ सय एम्पुल र फेनारगन १ सय एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij