Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआईसी एशिया बैंक लिमिटेड र वर्ल्ड रेमिटबीच सम्झौता


  • बिहिबार, पुष २६ २०७५

  • एनआईसी एशिया बैंक लिमिटेड र वर्ल्ड रेमिटबीच  सम्झौता

    काठमाडौं– एन आई सी एशिया बैंक र वर्ल्ड रेमिट विच सम्झौता भएको छ । बैंकले रेमिटसँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा वर्ल्ड रेमिट यूकेसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।
    उक्त सम्झौता अनुसार वर्ल्ड रेमिट मार्फत कतार, साउदी अरेविया, यूएई, कुवेत, जपान, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्यान्ड, यूके, यूएसए र यूरोप लगायत विभिन्न ५० भन्दा बढी देशमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले तुरुन्त भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २७० वटा शाखा कार्यालयहरु तथा ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् ।

    वर्ल्ड रेमिटको ग्राहकहरुले एजेन्टका मार्फत विप्रेषण सेवा नलिकन आफै आफ्नो मोवाईल मार्फत परिवार तथा साथीहरुलाई तुरुन्त भुक्तानी पाउने गरी पैसा पठाउन सक्नेछन् । वर्ल्ड रेमिटको न्यूनतम शुल्क तथा ठूलो साझेदार विस्तारका कारण नेपालमा आउने वल्र्ड रेमिटमार्फतका कारोवार वार्षिक १६०५ ले वृद्घि भइरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij