Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चोरी गरेका सामान सहित छ जना पक्राउ


  • बुधबार, पुष २५ २०७५

  • चोरी गरेका सामान सहित छ जना पक्राउ

    काठमाडौं -काठमाडौं र भक्तपुरबाट चोरी गरेको सामान सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    कागेश्वरी मनोहरा नगरपालिका-९ अर्याल गाँउबाट सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-८ घर भएका २५ वर्षीय सुरेश तामाङलाई चोरी गरेको सामान सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
    काठमाडौं बुढानिलकण्ठ-८ गोल्फुटार डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-८ घर भएकी बिना लामाको कोठाबाट पुस २३ गते नगद २६ हजार रुपैयाँ, सुनको रिङ २ थान, सुनको जन्तर १ थान चोरी भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
    यसैगरी भक्तपुरका विभिन्न स्थान र समयमा चोरी गरेको सामान सहित ५ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा ललितपुर बस्ने काभ्रेका गोबिन्द तामाङ, कोटेश्वर बस्ने रामेछापका राहुल मगर, थानकोट बस्ने मकवानपुरका सुनिल आलेमगर, भक्तपुर सूर्यविनायकका मधु महत र सबिन महत रहेका छन् ।
    भक्तपुर नगरपालिका-२ बस्ने रोशन गाईजुको सगरमाथा बिल्डर्स प्रालिबाट पुस २२ गते चोरी भएको घटनामा संलग्न अभियुक्तहरुको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चोरीमा प्रयोग भएको बा।२ ख ३७ नम्बरको बस, गाडीको डिस ४ थान र गाडीको टायर ४ थान सहित उनीहरुलाई पक्राउ गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij