काठमाडौं- हत्या गरी फरार रहेका अभियुक्त बुढानिलकण्ठ नगरपालिका(१० कपन बस्ने काभ्रेपलाञ्चोक साबिक खनालथोक गाउँ बिकास समिति(३ का जितेन्द्र भन्ने ज्ञानेन्द्र श्रेष्ठलाई १७ वर्ष पछि आइतबार प्रहरीले पक्राउ गरेको छ ।
२०५८ साल साउन ४ गते काठमाडौं महानगरपालिका(३५ नाकारी टोल बस्ने विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका श्रेष्ठले आफ्नो बास्तबिक परिचय समेत लुकाई नाम परिवर्तन गरी फरार भएकोमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(२२ सुन्धाराबाट उनलाई फेला पारी पक्राउ गरेको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
