Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कपनबाट लागूऔषधसहित २ जना पक्राउ


  • बुधबार, पुष ११ २०७५

  • कपनबाट लागूऔषधसहित २ जना पक्राउ

    काठमाडौं– कपनस्थित सरस्वती नगरबाट अवैध लागूऔषध ब्राउन सुगर र विभिन्न सामग्रीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुर मङ्गलबजार बस्ने इलाम रुवाङ गाउँपालिका–६ का २६ वर्षीया अञ्जु प्रधान र काठमाडौँ नागार्जुन बस्ने रौतहट चन्द्रपुर नगरपालिका–६ का ३१ वर्षीय चेतराज शिवकोटी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    उनीहरूको साथबाट ब्राउन सुगर आठ दशमलव ७५ ग्राम, विभिन्न किसिमका मोबाइल तीन थान, लागुऔषधमा प्रयोग गर्ने मेसिन एक थान र नगद रु २५ हजार बरामद भएको प्रहरीले जनाएको छ ।

    लागुऔषध बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले मङ्गलबारसाँझ उनीहरूलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij