Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बजाजले ल्यायो पल्सर १५० नियोन


  • शुक्रबार, मंसिर १४ २०७५

  • बजाजले ल्यायो पल्सर १५० नियोन

    काठमाडौं -बजाजले भारतमा नयाँ पल्सर १५० नियोन बाइक लन्च गरेको छ । यसको मूल्य एक्स सोरुम दिल्लीमा ६४ हजार ९९८ भारु तोकिएको छ ।

    बजारमा हाल प्रचलित पल्सर १५० क्लासिकलाई नयाँ कलर अप्सनमा उपलब्ध गराएर यसको नाम नियोन राखिएको हो । सो बाइक नियोन रेड, नियोन एल्लो र नियोन सिल्भर गरी तीन सेडमा उपलब्ध छ ।

    सबै भेरिएन्टका बाइकको हेडल्याम्प ब्रोज, ब्याज, साइड प्यानल मेस र ग्रयाब रेलमा नियोन हाइलाइट राखिएको छ । नियोन एल्लो एडिसनमा भने पहिलो पटक म्याट सेड राखिएको छ ।

    कलर वाहेक १५० सीसीको सो मोटरसाइकमा कुनै कस्मेटिक परिवर्तन भने गरिएको छैन । बाइकमा १४९ सीसी, एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले १४ एचपी पावर र १३.४ एनएम टर्क प्रदान गर्छ ।

    यसको अघिल्लो पांग्रामा डिस्क र पछिल्लोमा ड्रम ब्रेक छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij