Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा


  • मंगलबार, चैत्र १३ २०८०

  • यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख ४९ हजार ११६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता शेयर बिक्रीमा ल्याएको हो।

    यस शेयरमा हाल संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयरको मूल्य प्रतिकित्ता २७० रुपैयाँ तोकिएको छ भने शेयर खरिदका लागि आवेदन दिदा न्यूनतम पाँच हजार कित्ता हुनुपर्नेछ ।

    शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सि.टि.सि. मल सन्धारा काठमाडौंमा खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij