काठमाडौं – रौतहटमा मनिट्रान्सरका संचालकमाथि गोलिप्रहार भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थितमा रहेको शिवम मनिट्रान्सफरका सञ्चालकलाई आपराधिक समूहले गोलि प्रहार गरेको हो ।
प्रहारबाट संचालक २६ बर्षीय साहलाई उपचारका लागि विरगञ्ज पठाएको छ । गोली चलाउने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
