Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आजै मन्त्रीपरिषद विस्तारको तयारी,गृहमा रबि, अर्थमा वर्षमान


  • बुधबार, फाल्गुन २३ २०८०

  • आजै मन्त्रीपरिषद विस्तारको तयारी,गृहमा रबि, अर्थमा वर्षमान

    काठमाडौं – सत्ता गठवन्धन दलले मन्त्रालयको भागवण्डा टुङ्गयाएका छन ।गठबन्धनको कार्यदलले एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति जुटाएको हो। बाँकी चार वटा मन्त्रालय एकिकृत समाजवादी सहितका अन्य दललाई दिने सहमति भएको छ । गृहमा रबि लामिछाने र अर्थमा वर्षमान पुन जान करिव निश्चित भएको छ । आजै मन्त्रीपरिषद विस्तार हुन सक्ने बताइएको छ ।
    माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जामन्त्रीका रूपमा शक्ति बस्नेत र हितबहादुर तामाङ पर्यटन मन्त्री बन्ने भएका छन् ।

    त्यसैगरी  राष्ट्रिय स्वतन्त्र पार्टीले   गृह मन्त्रालयमा सभापति रवि लामिछानेसहित श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij