काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । प्रधानमन्त्रीले आज ३ जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका हुन् ।
नेकपा एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्याललाई बिना विभागीय मन्त्रीको रुपमा आज शपत ग्रहण गर्ने भएका छन् । आज पाँच बजे शपथको कार्यक्रम आयोजना गरिने बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
