काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा आज फागुन १६ गतेदेखि फागुन २२ गतेसम्म दैनिक ४ घन्टा विद्युत आपूर्ति बन्द रहने भएको छ।
नेपाल विद्युत प्राधिकरण आज एक सूचना प्रकाशित गरी काठमाडौंको महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको प्रणालीमा विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले केही स्थानमा फागुन २२ गतेसम्म आपूर्ति बन्द हुने जानकारी गराएको हो। ती स्थानमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जाने सूचनामा उल्लेख छ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
