Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश लोक सेवा आयोग कोशीले माग्यो २२१ जना कर्मचारी


  • मंगलबार, फाल्गुन १५ २०८०

  • प्रदेश लोक सेवा आयोग कोशीले माग्यो २२१ जना कर्मचारी

    काठमाडौं-  प्रदेश लोक सेवा आयोगले आज सोमबार सूचना प्रकाशित गर्दै २२१ जना कर्मचारी मागेको छ ।

    कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत आधारभूत तहमा वन रक्षक पदमा २२१ जना कर्मचारी मागेको हो ।

    आयोगले खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन मागेको हो ।
    परीक्षामा शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा, लिखित परीक्षा र अन्तर्वार्ता लिइनेछ। शारीरिक परीक्षण, तन्दुरुस्ती परीक्षा तथा लिखित परीक्षाको परीक्षा केन्द्र आयोगले पछि सूचना प्रकाशन गरे बमोजिम हुने जानकारी दिएको छ । इच्छुक योग्यता पुगेका व्यक्तिहरूले चैत ४ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij