काठमाडौं- सामाजिक संजालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ बानियाटार बस्ने २७ वर्षीय किरण थापालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको र सम्बन्ध विग्रिएपछि पीडकले उक्त फोटो एवम् भिडियो पीडितका आफन्त तथा परिवारजनमा पठाई चरित्रहत्या समेत गरेको भन्ने पीडित महिलाको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा थापाको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।
उनीलाई आवश्यक कारबाहीको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
