Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस महासमिति बैठक गोदावरीमा सुरु


  • सोमबार, फाल्गुन ७ २०८०

  • कांग्रेस महासमिति बैठक गोदावरीमा सुरु

    काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ । बैठकको सभापति शेरबहादुर देउवाले उद्‌घाटन गरेका छन । राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता । स्वतन्त्रता, न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित कांग्रेस महासमिति बैठक भइरहेको छ ।  बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् ।

     

    नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् । बैठकमा २ हजार ५ सय प्रतिनिधि सहभागी हुने छन ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij