Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

५ लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिक पक्राउ


  • बिहिबार, फाल्गुन ३ २०८०

  • ५ लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिक पक्राउ

    काठमाडौं-  ५ लाख डेनिस क्रोन सहित दुई जना पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय YSEEN AHMED र ४८ वर्षीय MUHAMMAD ADNAN LAKHANI रहेका छन् ।

    फ्लाई दुबई एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट करिब ९५ लाख ४३ हजार ३ सय ८४ नेपाली रूपैयाँ हुन आउने उक्त विदेशी मुद्रा अवैध रूपमा लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग  हरिहर भवन पुल्चोक ललितपुर पठाइने छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij