Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अरूण चौधरीसहित तीन जना रिहा


  • बुधबार, माघ २४ २०८०

  • अरूण चौधरीसहित तीन जना रिहा

    काठमाडौं– बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरूण चौधरीसहित तीन जना हाजिर जमानीमा छुटेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार चौधरीसहित अन्य दुई जनालाई पनि रिहा गरेको हो ।

    सरकारी जग्गा निजी बनाएको मुद्दामा बुधबार मध्याह्न तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हिरासतमुक्त भएका हुन्।

    तीनै जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिरासतमुक्त गरेको छ। न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो। यो दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न भनेको थियो।
    मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९६० बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म नै हिरासतमा राखी अनुसन्धान गर्नु पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij