Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अन्नपूर्ण केबलकारले आइपीओ जारी गर्ने


  • बिहिबार, माघ १८ २०८०

  • अन्नपूर्ण केबलकारले आइपीओ जारी गर्ने

    काठमाडौं – अन्नपूर्ण केबलकार लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। कम्पनीले आइपीओ जारीको प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ।
    कम्पनीको वार्षिक साधारणसभा फागुन ११ गते डाकिएको छ। सभा पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा दिउँसो २ बजेबाट सुरु हुनेछ।
    सभाले प्रबन्धपत्रको दफा ६ को खण्ड (घ)बमोजिम शेयरको सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले सार्वजनिक शेयर निष्कासनसम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

    सभाले आर्थिक वर्ष २०७९/० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा सहमति प्रदान गर्नेछ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij