काठमाडौँ – एसआइ युकेको नेपाल स्थित विभिन्न शाखामा हुने एजुकेसन फेयरको जानाकारी दिन आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ।
सोमबार काठमाडौँको दरबारमार्गस्थित याक एण्ड यती होटलमा फेब्रुअरी ३ बाट सुरु हुने एसआइ युकेको एजुकेसन फेयरबारे जानाकारी दिन आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको हो।
एसआइ युकेले नेपाली विद्यार्थीहरुलाई बेलायत अध्ययन सम्बन्धी जानाकारी दिन र बेलायतको विश्वविद्यालयहरुको शैक्षिक वाताबरण, विद्यार्थीहरुको क्षामता अभिबृती, शैक्षिक स्तर, फी स्टक्चर, बेलायतको नियम कानुन सम्बन्धि जानाकारी सहित बेलायतका टप ३५ विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा विद्यार्थीहरुले सिधा कुरा गरेर आफ्नो डाउट मेटाउन सकुन भन्ने उदेश्य ले फेयर आयोजना गर्न लागिएको एसआइ युकेका डाइरेक्टर विनय अधिकारीले पत्रकार सम्मेलन मार्फत बताए।

उनले भने, ‘पछिल्लो समय बेलायत सरकारले विद्यार्थीहरुका लागि नयाँ नीति ल्याएको छ यो नीतिको बजारमा गलत प्रचार भैरहेको छ, अध्ययन अनुसन्धान गर्न जानेको हकमा कुनै समस्या छैन, विसुद्ध पढ्न जाने विद्यार्थीहरुलाई यसले कुनै असर गर्दैन ब्याचलर र मास्टर्समा डिपेन्ड़ेन केसमा थोरै रुल चेन्ज भएको हो तर रिसर्च र त्यो भन्दा माथि अध्ययन गर्न जानेहरुको लागि कुनै समस्या छैन।’
बेलायत अध्ययनका लागि गएका विद्यार्थीहरुले काम नपाएर अलपत्र परेका छन् तपाइहरु कुनै समस्या छैन भन्दै काउन्सिलिङ्ग दिंदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा अधिकारीले सिप सिकेर गएका विध्यार्थीहरुले गएको केहि दिनमै काम पाएको र पढाइको बिचमा पनि हप्ताको २० घण्टा काम गर्न अनुमति भएकाले कुनै समस्या नआएको प्रस्ट पारे।
विशेसगरी एसआइ युकेबाट विद्यार्थी भिसामा गएकाहरुलाई आवास, काम र क्षामता अभिवृद्धिका लागि समेत बेलायतका विभिन्न ठाउमा ट्रेनिङ्ग सेन्टर खोलेर तालिम दिइराखेको र नेपालमा पनि त्यो तयारी भैरहेको जनाकारी दिए। त्यतिमात्र होइन हामीले सस्तो टिकट आफै बुक गर्दियर सुरक्षित साथ सम्वन्धित ठाउमा पुर्याउन सहजीकरण गरिदिएका छौं , एसआइ युकेबाट बेलायत अध्ययन गर्न जाने र गैसकेका विद्यार्थीहरुमा केहि समस्या आए त्यसको जिम्मा हामि लिन्छौं हामिले विद्यार्थी पढ्न पठाउने हो हाम्रो चाहना अध्ययन पछि विद्यार्थीले नेपाल फर्केर देशको लागि केही इन्भेस्ट गरोस भन्ने हो हामि व्यवसायी हौ कमाउने पनि हो तर इथिक्समा बसेर उनले भने,।’
एसआइ युकेबाट बेलायत अध्ययन गर्न गएका प्रत्यक विद्यार्थीहरु आफ्नो सम्पर्कमा रहेको बताउदै अधिकारीले जुन विद्यार्थीलाई समस्या आउछ आफु स्वयम् लागेर त्यसको समाधान गरेको प्रस्ट पारे।
नेपाल स्थित एसआइ युकेको पुतलीसडकस्थीत केन्द्रीय कार्यालय काठमाडौँमा फेब्रुअरी ३ तारीक, ५ तारिक पोखरा,७ तारिक बुटवल र ९ तारिक चितवनमा बेलायतका ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरु तथा एसआइ युकेका एक्स्पट काउन्सलरहरुको उपस्थितिमा हुने फेयरले बेलायत अध्ययन सम्बन्धित कन्फ्युजन लागेका कुरामा विध्यार्थीहरु क्लियर हुने आयोजकको दाबी छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
