काठमाडौं – अग्रज वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । रिसालको राति पौने ८ बजे निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो ।
रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान लागिएको हो । ९७ वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय थिए ।
उनी रासससबाट प्रमुख संवाददाता भएर अवकाश भएका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
