काठमाडौं – सामाजिक अभिन्यन्ता ईः ले काठमाडौं महानगर पालिकाका प्रमुख बलेन्द्र शाहको कतिपय कामको निरन्तर आलोचा गरिरहेको छन । खासगरी सडक व्यापारीका पक्षमा दह्रोसंग उभिएका ईः ले महानगर अगाडी उभिएर भद्र आन्दोलन गरेका थिए । उनको आन्दोलनवाट गलेको महानगरले ईः संग सङ्क व्यवसायीहरुको ब्यवस्थापन गर्ने र त्यसका लागी समिति बनाउँने लिखित सहमति गरेको थियो । तर महानगरले उक्त सहमति पालनामा कुनै वास्ता नगरे पछि ईः ले पहिल्ला दिनमा मेयर शाहको कार्यशैली विरुद्ध निरन्तर आवाज उठाइरहेका छन । पछिल्लो अभिव्यक्तिमा ईः ले बालेनको कार्यशैली प्रति दल, सरकार र समाजको मौनता प्रति प्रश्न उठाएका छन । ईः ले नगर प्रहरीको हिंसात्मक शैलीको समेत विरोध गरेका छन । उनले भनेका छन –
“हिंसा गरेरै भएपनि दुईछाक टार्न बिहानबेलुका सडकनिर्भर वर्ग समाप्त पार्ने आदेशबाट कामनपा प्रहरी निर्देशित छ। दल, सरकार, समाजकै मौनताले प्रश्रय दिइरहेको छ। खुल्लामञ्च, न्यूरोड, लगायत चारै दिशामा अघिबढी अन्यौल शृजना रणनीति। इगो एक्सरसाइजमा समाजले चुकाउनुपर्ने मूल्यबारे समाजनै बेफिकर।”
ईः ले आफ्नो अर्को अभिव्यक्तिमा महानगरपालिका बालेनको मात्र नभएको भन्दै अन्य जनप्रतिनिधिको भूमिका माथी प्रश्न उठाएका छन । शहरी गरिवको पक्षमा नबोल्ने दलको उपदेयता माथी प्रश्न गर्दै ईः लेख्छन –
‘कामनपा बालेन मात्र होइन। उप, ३२ वअ, ४२ कापा, १६२ नस सदस्य – सबै समाजवाद मान्ने, संविधानमा स्थापित गर्ने कांग्रेस, एमाले, नेएस, माओवादीका। दोहोरो खेल कहिलेसम्म? सडक व्यवसाय व्यवस्थापन, समग्र शहरी गरीबको हितकालागि हस्तक्षेप नगरे यी दलको उपादेयता के? पपुलिसमको दौड त अरूलेनै जीत्छन्!’
अझ अघि ईः ले मेयर शाहकै राजिनामा मागेका छन । आफुसंगको सहमति पालनामा वेवास्ता गरेको प्रति असन्तुष्टि जनाउँदै ईः ले भ्रष्टाचार आर्थिक मात्र नहुने भन्दै नैतिक प्रश्न उठाएका छन । उनले भनेका छन –
‘भ्रष्टाचार आर्थिकमात्र नभई नैतिकपनि हुन्छ। चुनावी बाँचा पूरागर्ने सहमति विपरित @ShahBalen नगरप्रहरी देशमै बसी दुईछाक टार्न सडकनिर्भर वर्ग समाप्तपार्न फेरि अघिबढेको छ। सहमति गरे व्यवस्थापन हुने आश्वासन दिने @oaryal लगायत अन्यमा रत्तिभर नैतिकता बाँकी छ भने राजीनामा दिन आग्रह गर्छु।’
सडक आश्रित ब्यापारी माथी महानगर अत्यन्त कठोर ढंगवाट प्रस्तुत भइरहदा सर्वहाराको मुक्तीको नारा दिएर ससस्त्र युद्ध गरेर सत्तामा पुगेका पुष्पकमल दाहाल नेतृत्वको सरकार छ । तर माओवादी, कांग्रेस, एमाले, राप्रपा, मधेश केन्द्रीत दल मात्र होइन नयाँ भनिएको रास्वपा सडक आश्रीत सर्वहारा वर्गको सम्पत्ति जफत गर्दा र निर्ममता पूर्वक दमन गर्दा एक शब्द बोलेका छैनन ।

अझ काठमाडौंबाट निर्वाचित सांसद र जन प्रतिनिधिहरुमा त महानगरको विषयमा बोलेमा ८४ को चुनावमा वालेनको वाढीले बगाउँछ भन्ने त्रास प्रष्ट देखिन्छ । ती गरिव र निर्धाहरूको आवाज एक्लो ई : ले बोलिरहेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
