Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चुनावबाट हाइज्याकरहरुको अन्त्य गरेपछी मात्रै देश बन्छ : रवि लमिछाने


  • बिहिबार, माघ ११ २०८०

  • चुनावबाट हाइज्याकरहरुको अन्त्य गरेपछी मात्रै देश बन्छ : रवि लमिछाने

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेला हाइज्याकरहरुको अन्त्य गरे पछि मात्रै देश बन्ने बताएका छन । ८४ सालको निर्वाचन पछि हाइज्याकरको अन्त्य गर्ने दावी उनले गरेका छन । मूलधारका दलका नेता प्रति लक्षित गर्दै हाइज्याकर भनेका उनले दलहरुको आलोचला गरेका छन । उनले भनेका छन :
    राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने “सर्वदलिय सहमति” गरेको दिनदेखि देश बन्न शुरु हुन्छ। संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले “सर्वदलीय प्रतिवद्द्ता” गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ। त्यसपछी मिडिया/सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भैरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं ,तलबी सेना अफ बिटमा ननचाऔं। फेस गरौं, फेस नलुकाऔं।
    ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ। नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजालपनि अझ इन्ट्रेस्टिङ बन्थ्यो।
    स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै,पेलेको पेल्यै,पेलेको पेल्यैपनि नगरौं, देश बन्छ।
    अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै बन्छ। चुनाव कहिले?? ८४ मा।
    हैट, चौराआआआआआसिमा?????!!!!

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij