काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लमिछानेले आज साँझ सम्म आफुलाई लागेको आरोपको जवाफ दिने बताएका छन । सामाजिक संञ्जाल मार्फत उनले आफु संग सम्बन्धीत प्रश्नहरू तयार पार्न समेत भनेका छन । ग्यालेक्सी टिभि छाड्दा उनको खातामा १ करोड ८० लाख जम्मा भएको वारे कान्तिपुरले समाचार लेखे पछि उनले आफ्नो धारणा राख्ने जनाएका हुन ।
उनले भनेका छन :
गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका “स्लिप” मा कोहि “स्लिप” हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
