Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मानवजाति र जनावरबीचको द्वन्द्वको समस्या स्थानीय समुदाय र सरकार मिलेर हल गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का


  • आइतबार, पुष २९ २०८०

  • मानवजाति र जनावरबीचको द्वन्द्वको समस्या स्थानीय समुदाय र सरकार मिलेर हल गर्नुपर्छ : उपप्रधानमन्त्री खड्का

    बर्दिया, २९ पुस : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव-जनावरबीचको द्वन्द्व बढ्दै गएको भन्दै समस्या समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्ने बताउनुभएको छ । आज बाँसगढी औद्योगिक व्यापार मेलाको उद्घाटनका अवसरमा उहाँले

    निकुञ्‍ज क्षेत्रको विकाससँगै यस क्षेत्रमा वर्षेनी वन्यजन्तुको वृद्धि भएको र जङ्गली पशुपन्छीहरू उचित बासस्थान तथा आहार प्रजातिको खोजीमा निकुञ्‍ज क्षेत्र बाहिर निस्कँदा मानवको जीउ ज्यान खतरामा पर्नुका साथै बालीनालीमा समेत क्षति पुग्न गएको यो समस्याको समाधानका लागि सङ्घीय सरकार गम्भीर रहेको बताउनु भयो ।

     

    सोही अवसरमा उपप्रधानमन्त्री खड्काले लुम्बिनी प्रदेशको अन्‍न भण्डारका रूपमा रहेको बर्दियामा सिँचाइ आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजना निर्माण शीघ्र सम्पन्‍न गरी कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । यसका लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने उहाँको भनाइ थियो ।

    उपप्रधानमन्त्री खड्काले रासायनिक मलको अभाव, कृषियोग्य जमीनमा सिँचाइको अपर्याप्तता, कृषकहरूलाई उचित तालिम र प्रशिक्षणको अभाव, कृषिमा आधुनिक प्रविधि र पद्धतिको प्रयोग आवश्यक मात्रामा गर्न नसक्दा यहाँको कृषि क्षेत्रबाट जति मात्रामा फाइदा लिन सकिने हो त्यो लिनसकिएको बताउनुहुँदै प्रदेश र स्थानीय तहले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा मद्दत पुग्ने गरी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

     

    “म यहाँका धेरै सम्भावना र समस्याबारे परिचित छु। खासगरी खुला सीमा नाकाका कारण यहाँ विभिन्‍न किसिमका घुसपैठ भई समय समयमा विभिन्‍न किसिमका अपराधका घटना घट्ने तथा लुकीछिपी हुने चोरी निकासी पैठारीले स्थानीय तहमा स्वच्छ व्यापारलाई फस्टाउनमा व्यवधान सिर्जना गरिरहेका छन्”, उपप्रधानमन्त्र खड्काले भन्नुभयो, “यसलाई हामी सबैले मिलेर नियन्त्रण गर्न जरुरी छ।

     

    उपप्रधानमन्त्री खड्काले यस देशको अर्थतन्त्र सुधार र समाधानका लागि सरकारले प्रयास गरिरहेको र त्यसैका कारण अर्थतन्त्रमा सुधार देखिन थालेको भन्दै उद्योगी व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभयो ।

     

    आजदेखि सुरु हुन लागेको महोत्सवले यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटनको विकास गरी पर्यटन उद्योगलाई प्रवर्द्धन गर्न सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । साथै स्थानीय तहमा सञ्चालित घरबास होमस्टेलाई थप व्यवस्थित गर्न समेत यसले उत्प्रेरित गर्ने उहाँको भनाइ छ ।

     

    “यस औद्योगिक तथा व्यापार मेलाले यस क्षेत्रको आर्थिक रुपान्तरणमा सकारात्मक सकारात्मक योगदान पुग्ने कुरामा कुनै शङ्का छैन। यो औद्योगिक तथा व्यापार मेलाले स्थानीय कृषक, उद्यमी, व्यवसायी, कलाकारहरू सबैलाई एकै ठाउँमा जुटाई आफ्नो उत्पादन र सिर्जनाहरू व्यवस्थित तवरले प्रस्तुत गर्न, एक आपसमा ज्ञान तथा अनुभवको आदान प्रदान गर्न र सहकार्यका क्षेत्रहरू पहिल्याउन ठूलो सहयोग पुर्‍याउने कुरामा म विश्‍वस्त छु”, उहाँले भन्नुभयो । यस्तै सरकारले आम नागरिकलाई सुशासनको अनुभुति हुने र दैनिक राहत महसुस गर्ने गरी काम गरिरहेको बताउनुभयो ।

     

    यस किसिमका औद्योगिक प्रदर्शनी तथा महोत्सवले साना तथा मझौला उद्योगको विकास गर्न सहयोग पुग्ने, यस क्षेत्रमा विभिन्न उद्यम व्यवसायका लागि लगानी विस्तार गर्न समेत प्रोत्साहन मिल्ने उहाँको भनाइ छ ।

     

    यस्तै सङ्घीय सरकारले बनाउने केही कानुन निर्माणमा ढिलाइ भएको भएपनि अब आउने हिउँदे अधिवेशनमा सरकारले आवश्यक सङ्घीय कानुन बनाउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । ढिलोमा अब एक महिनामा सुकुम्बासीले पाउने लालपुर्जा लिँदा लिने राजश्वमा समेत सरकार घटाउने र त्यसले भूमिहीन तथा सुकुम्बासीले ठूलो राहत पाउने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

     

    उहाँ राजनीतिदलबीच आस्था र बिचार अलग-अलग भएर चुनाबमा प्रतिस्पर्धा भएपनि बिकास निर्माणका विषयमा सबै एक ठाउँ हुनुपर्नेमा जोड दिनुभयो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij