Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

क्यानले गर्‍यो सन्दीपलाई निलम्बन


  • बिहिबार, पुष २६ २०८०

  • क्यानले गर्‍यो सन्दीपलाई निलम्बन

    काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोग प्रमाणित भएका  सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

    क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै फौजदारी मुद्दामा दोषी ठहर भई सजाय निर्धारण भइसकेकाले सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरिएको जनाएको छ ।

    सन्दीपलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले बुधबार आठ वर्षको कैद, तीन लाख क्षतिपुर्ति र दुई लाख पीडितलाई जरिवाना गरी पाँच लाख रुपैयाँ तिर्नुपर्ने सजाय सुनाएको थियो । पुस १३ गते नै अदालतले सन्दीपलाई दोषी ठहर गरेको थियो । सजाय बुधबार तोकिएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij