काठमाडौं – आन्तरिक विवाद र असहमतीका विच नेपाली कांग्रसले राष्ट्रिय सभाका उम्मेदवार टुङ्गो लगाएको छ । रातभर चलेको कांग्रेस बैठकले गठवन्धनमा पाएको १० सिटमा उम्मेदवार चयन गरेको हो । संस्थापन पक्षले ७ सिट लिएर शेखर – गगन समूहलाई ३ सिट दिएको छ । संस्थापनइतरले ४ सिटमा दावी गरेको थियो । निर्णय प्रति महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगाएतले फरक मत राखेका छन । राष्ट्रिय सभा सदस्य पदका लागी आजै मनोनयन दर्ता हुँदैछ ।
यी हुन् कांग्रेसबाट राष्ट्रिय सभाका उम्मेदवारः
१. कृष्ण प्रसाद सिटौला
२. आनन्द प्रसाद ढुंगाना
३. बिष्णु देबि पुडासैनी
४. जित जंग बस्नेत
५. किरण बहादुर श्रेष्ठ
६. पदम परियार
७. बिस्न कुमार साप्कोटा
८. कृष्ण बहादुर रोकाय
९. नारायण दत्त भट्ट
१०. बलदेब बोहरा

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
