नेपाल पत्रकार महासंघले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा स्थलगत टोली पठाएको छ । महासंघले वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोसन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवाल रहेको टोली भूकम्प प्रभावित जिल्ला पठाइएको हो । टोलीले भूकम्प प्रभावित जिल्लाका संचारकर्मी र संचार माध्यमहरुको पछिल्लो अवस्थाका वारेमा स्थानीय संचारकर्मीहरुसंग छलफल गर्नेछ ।
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दू भएर मिति २०८० कात्तिक १७ गते राति गएको भूकम्पले रुकुम, जाजरकोट र सल्यानका संचारकर्मी र संचारमाध्यम प्रभावित छन् । यसबाट सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् । प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको छ ।
टोलीले भुकम्प प्रभावित जनताको अवस्थाका बारेमा समेत स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्नेछ ।
भूकम्प प्रभावित संचारकर्मी र संचारमाध्यमलाई महासंघले आर्थिक राहतसमेत वितरण गर्नेछ । टोली पुस ३ गते मंगलबार जाजरकोट प्रस्थान गर्नेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
