काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघिय लोकतान्त्रीक गणतन्त्र नरुचाउने तत्वले गलत प्रचार गरेकाले त्यसको प्रतिवाद गर्न आग्रह गरेका छन ।
प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै दाहालले भने -‘झुटो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्वपूर्ण जिम्मेवारी भएको छ । पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोलकल्पित र झुटो प्रचार गरिरहेको हुनाले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गर्दछु।’
दाहालले सरकारले सरकारको जनपक्षिय कामवाट आत्तिएर सरकार विरुद्ध भ्रम फैलाइएको बताए । उनले भने -‘सरकारले राष्ट्र, जनता, संविधान र लोकतन्त्रका पक्षमा दृढतापूर्वक काम गरिरहेको छ । सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले अनावश्यक भ्रम फैलाएका हुन्।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
