नेपालमा प्रविधि विज्ञान शिक्षाले गति लिदैंछ । मानविय प्रवृत्तिका रूपमा यो प्रविधि शिक्षा संसारभर बढ्दैछ । नेपालमा साना–साना गाउँ ठाउँहरूमा पनि इन्टरनेटको पहुँच बढेको छ । जसले गर्दा लोकहरूलाई सूचना प्राप्त गर्न सजिलो बनेको छ । यो प्रविधिले आवश्यक पर्ने धेरै अध्ययनका विषयहरु सानो ठाउँमा संग्रहीत गरेर राख्न सकिने बनेको छ । यसले मानव जीवनका बारेमा अध्ययन गर्नका लागि पनि नयाँ अवसरहरू प्रदान गरेको छ । यसैले गर्दा नेपाली युवाहरूमा प्रोग्रामिङ, डिजाइनिङ, र अन्य महत्वपूर्ण काम गर्न सजिलो भएको छ । हामी नेपालीको मात्र विकासको पूवाधारका रुपमा नभै संसारभर विज्ञान–प्रविधिलाई महत्वकासाथ बढाइएको छ ।
देखिएका तथ्याङ्क अनुसार पुनर्निर्माण प्रक्रियामा अब नेपाल पूर्णरूपमा प्रविधि मैत्री भएको छ । उदाहरणका लागि, नयाँ अनुसन्धान र कार्यप्रविधिमा प्रोजेक्टहरूले सहयोग गर्दै आएको छ । नेपालले अनुसन्धान र तथ्यविज्ञानमा बढी ध्यान दिएको छ । विज्ञान र प्रविधि शिक्षामा बढी लगानी गरिएको छ । यसरी हेर्दा नेपालले बढी प्राथमिकता प्रविधि विज्ञानलाई दिएको पाइन्छ । प्रविधि विज्ञानलाई दिइएको प्राथमिकताले गर्दा युवाहरूमा भएको बुद्धि र सृजनात्मकता विकसित गर्न मद्दत पुगेको छ । सरकारको सही नीति अनुरुप नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रविधि शिक्षा प्राप्त गरेका छन् । यही माध्यमले नेपाली युवा विद्यार्थीले बिस्तारै विश्वभर लोकप्रियता प्राप्त गर्दै छन्।
नेपालमा सामाजिक संजाल (सोशल मिडिया) र अनलाइन समाचार तिब्र विकास हुँदैछ । यसले व्यापक रूपमा जनचेतनाको स्तर बढाउन महत्वपूर्ण भूमिका खेलेको छ । प्रविधि मार्फत व्यक्त विचारको मूल्य र यसको संवेदनशीलतालाई प्रत्येक व्यक्ति–व्यक्तिले बुझ्नै पर्छ । अन्यथा यो अराजकतामा परिणत हुन सक्छ । प्रविधिले कतिपय सन्दर्भमा सुरक्षा र गोपनीयताका समस्याहरू उत्पन्न गराएको छ । यो समस्या भयो भनेर प्रविधि बन्द गर्दै जानु हुदैन । यसमा सरकारले नीति र कानूनमा परिवर्तन गरेर सुरक्षित बनाउन सक्नुपर्छ । हामीले सतहमा बुझेको प्रविधि सामाजिक संजाल र केही अनलाईन मिडिया मात्र छन् । तर संसार हाम्रो कल्पना भन्दा धेरै माथि पुगेको छ ।
विश्वमा व्यक्ति र राज्यको सुरक्षा विश्वसनीय प्रविधि विज्ञानले गरेको छ । अहिले भइरहेका कतिपय युद्धहरु प्रविधि मार्फत भएका छन् । प्रविधि सम्पन्न हुन देश ठूलो हुनुपर्दैन । नेपाल सामरिक रुपमा महत्वपूण स्थानमा छ । भारत, चीन विशाल मित्र राष्ट्र हाम्रो दाया बाया छन् । उनिहरुको जनसख्या र अहिलेको विकासमा हामी धेरै पछि छौं । तर प्रविधिलाई हामीले विकास गर्न सक्यौ भने हामी पनि शक्ति हुन सक्ने अवसर छ । सानोदेश युक्रेन सामयिरक हतियार र विशाल देश भएको रुस संग कसरी युद्ध गरेर अडिन सकेको होला ? हामीले हाम्रो पक्षमा राख्नु पर्ने सोच यो हो । प्रविधिको विकासले सानो देशले पनि ठूला देशलाई युद्धको उत्तर दिन सकिन्छ भन्ने बुझाएको छ । हामीले पनि आफ्नो देशको विकास र सुरक्षा प्रविधिले गर्न सकिन्छ भनेर देखाउनु पर्छ । यसकालागि राज्य सकारात्मक भएर प्रविधि विज्ञानलाई अघिबढाउने हुनुपर्छ ।
नेपालमा प्रविधि मार्फत उद्योगको बिकास गर्न थालिएको छ । यसले जनताहरुका लागि विभिन्न सुविधाहरू ल्याउन सक्छ । मानव उपयोगी साधनहरु प्रविधिको प्रयोगले सजिलो बनाउन सकिन्छ । प्रविधि शिक्षा लिएका विद्यार्थीहरुलाई प्रयोग गरेर नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ । प्रविधिले प्रविधिमा काम गर्ने मात्रले रोजगारी पाउने होइन । यसले उद्योग, रोजगारी र सृजनात्मकतामा महत्वपूर्ण भूमिका खेल्न सक्छ । अहिले भइरहेको आलोचना र टिप्पणीले हामी कही पुग्न सक्दैनौं । अहिलेको समय प्रविधि मैत्री हो भन्ने पहिला हामीले बुझ्न जरुरी छ । भइरहेका अध्ययनहरुले पनि नेपालको प्रविधि र अनुसन्धान बढिरहेको छ भन्ने देखाउछ ।
कतिपय सन्दर्भमा नेपालमा यातायात संरचना र संचालनमा पनि प्रविधिको राम्रो प्रयोग भएको छ । यसले सूचना प्रवाह र सृजनात्मक उत्पादनमा सुधार पनि गर्दैछ । यो सानो उदाहरण नेपाली समृद्धि र उन्नति को पथमा छौं भन्ने पनि हो । जसले गर्दा युवाहरूलाई रोजगार र अन्यलाई सुविधाहरू प्रदान गरेको छ । प्रविधि मैत्री, राज्य मैत्री बनाउन सामाजिक, आर्थिक, र सांस्कृतिक परिवर्तनका रुपमा आइरहेको चुनौतीलाई सामंजस्य राख्नुपर्छ ।
नपालमा स्कुल तहको शिक्षामा पनि प्रविधि शिक्षाको न्यूनतम जानकारी दिनुपर्छ । यसले गर्दा विद्यार्थीले स्कुल शिक्षा सकेर उच्च शिक्षामा आउदा विशेष थप ज्ञान प्राप्त गर्न सजिलो संग सक्दछन् । नेपालको शिक्षाले कुनै ज्ञान दिन नसकिरहेको हामी बुझ्छौं । यसो हुनुको कारण विद्यालय स्तरमा हुने शिक्षाले कुनै सीप नदिनु हो । काठमाडौंमा उच्च शिक्षाका लागि विदेशी प्रतिष्ठित कलेज, विश्वविद्यालयहरुबाट एफिलेटेड शिक्षा बैध रुपमा चलिरहेका छन् । यिनको पढाउने शैली बेलायत, अमेरिका लगायतका देशहरुको शिलेवस अनुरुप भइरहेका छन् । यहाबाट अनलाईन दिइने परिक्षा वा अन्य प्रश्न उत्तरको परिक्षा विदेशी मूल कलेजहरुले नै लिन्छन् । त्यसमा नेपाली विद्याथीहरुले राम्रो गर्न सकेका छन् । यसले के पनि देखाएको छ भने विज्ञान र प्रविधि मैत्री दृष्टिमा नेपाली विद्यार्थी अब्बल छन् ।
समग्रमा नेपालले अनुसन्धान र प्रविधि प्रोजेक्टहरूमा नयाँ अवसरहरू खोलेको छ । यसले हाम्रो विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । आधुनिक नेपाल र्निर्माण प्रक्रिया अब पूर्णरूपमा विज्ञान प्रविधि मैत्री हुदैछ । यसलाई सबैले रुचाइएको देखिन्छ । विज्ञान र प्रविधि शिक्षा नेपालमा बढी प्राथमिक दिइदै छ । यसले युवाहरूलाई बुद्धिमानी र सृजनात्मकता विकसित गर्नमा महत्त्वपूर्ण भूमिका खेल्ने छ । नेपालमा फस्टाउदो रुपमा विज्ञान–प्रविधि शिक्षा रहेको छ । यसैका माध्यमले नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने छन् ।
©
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
