Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

यस्ता छन मन्त्रीपरिषदका निर्णयहरु


  • बिहिबार, मंसिर २१ २०८०

  • यस्ता छन मन्त्रीपरिषदका निर्णयहरु

    काठमाडौं – मन्त्रीपरिषद बैठकले विश्व बैंक वाट प्राप्त हुने सङ्क सुधार कार्यक्रम अन्तर्गत पहिलो चरणको सहायताको लागी वार्ता गर्न समिति गठन गरेको छ । अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको छ । बैठकले एनसेल विक्रि प्रकरणको छानविनको लागी समिति गठन गरेको छ ।

    संवत् २०८० साल मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    १. दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक श्री टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गर्ने ।
    सदस्यः श्री फणिन्द्र गौतम, सचिव– नेपाल सरकार
    सदस्यः श्री रितेशकुमार शाक्य, सहसचिव– अर्थमन्त्रालय
    सदस्यः श्री बाबुराम भण्डारी, सहसचिव– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
    सदस्यः श्री सुजनकुमार काफ्ले, अध्यक्ष– ICAN

    २. खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा श्री रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा श्री यशोदा कार्की र श्री कुलभुषण शर्मालाई नियुक्त गर्ने ।

    ३. विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij