Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनसेल सेयर खरिद बिक्री प्रकरण : सरकारले बनायो उच्चस्तरीय समिति


  • बिहिबार, मंसिर २१ २०८०

  • एनसेल सेयर खरिद बिक्री प्रकरण : सरकारले बनायो  उच्चस्तरीय समिति

    काठमाडौं – सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको संयोजकमा पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा रहेका छन् । सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य र सुजनकुमार काफ्ले छन् । समितिलाई यो प्रकरणको अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको बताइएको छ ।
    ६ दिन अगाडि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी बनेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij