Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का


  • बिहिबार, मंसिर २१ २०८०

  • अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाल १० हजारसम्म सेना तैनाथ गर्न तयार छ : उपप्रधानमन्त्री खड्का

    घाना,  मङ्सिर : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म सेना तैनाथ गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । घानाको आक्रामा भएको अन्तर्राष्ट्रिय शान्ति स्थापनिासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा सम्बोधनका क्रममा उपप्रधानमन्त्री खड्काले नेपालले धेरैजसो प्रतिबद्धता पूरा गरिसकेको र बाँकी केही प्रतिबद्धता पूरा गर्ने क्रममा रहेको समेत बताउनुभयो ।

    मन्तव्यका क्रममा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शिखर सम्मेलन आयोजना गरेकोमा समेत धन्यवाद दिनुभयो । उहाँले संयुक्त राष्ट्रका महासचिवद्वारा पहलमा सुरु गरिएका एक्सन फर पिस र एक्सन फर पिस प्लस कार्यक्रमलाई नेपालले सदैव समर्थन गर्दै आएको समेत बताउनुभयो । यसले शान्ति सैनिकहरूको सुरक्षा र सुरक्षाको आवश्यकता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता सुनिश्चित गर्ने उहाँको भनाइ छ ।

    “हामीले हाम्रा सैनिकहरुलाई जस्तोसुकै चुनौतीपूर्ण अवस्थामा पनि तैनाथीका लागि तयार राखेका हुन्छौं। हामी सुनिश्चित गर्छौं कि हाम्रा शान्ति सैनिकहरूले आचरण र अनुशासनको उच्चतम मापदण्ड पूरा गर्छन्, र हामी यौन शोषण र दुर्व्यवहार विरुद्ध शून्य(सहिष्णुता नीतिलाई दृढतापूर्वक पालन गर्छौं”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।
    नेपाल शान्ति स्थापनाको प्रभावकारिता सुनिश्चित गर्न टी÷पीसीसीलगायत सम्बन्धित प्रमुख सरोकारवालाहरूबीच सुधारिएको समन्वय संयन्त्र धेरै महत्त्वपूर्ण छ भन्नेमा नेपाल विश्वास गर्ने उहाँले बताउनुभयो । उहाँले शान्ति स्थापना साझेदारीपूर्ण कार्य भएको र घोषित लक्ष्य पूरा गर्न सबै एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

    उपप्रधानमन्त्री खड्काले नेपाल यसवर्ष विशेष सुरक्षा बल र तत्काल प्रतिकार्य बललाई कायम राखदै एउटा मेकानाइज्ड इन्फन्ट्री बटालियन र दूई वटा इफपीयू र आरडीएलमा स्तरोन्नति गर्न प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले नेपाल इओडी इहाई, एकल इकाई, रेकी इकाइ, क्यूआरएफ कम्पनी र एमपी कम्पनीलाई समेत स्तरोन्नति गर्न प्रतिबद्धता जनाउनुभयो ।

    “हामी हाम्रो वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र यसका प्रशिक्षकहरूलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति स्थापना तालिम सञ्चालन गर्न तत्पर छौं। नेपालले आईटीएस, डीपीओलाई यूएनएममओ कोर्सको लागि सिमुलेशन सफ्टवेयर प्रदान गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

    त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले नेपालले संयुक्त राष्ट्रसंघका महासचिवको लैङ्गिक समानता रणनीतिको लक्ष्य पूरा गर्न महिलाहरूलाई अपरेसनल भूमिकामा परिचालन गर्दै अर्थपूर्ण सहभागिता बढाउन कार्यलाई निरन्तरता उल्लेख गर्नुभयो । “हामी शान्ति स्थापना मिसनहरूमा वातावरणीय पदचिन्ह कम गर्न नवीकरणीय ऊर्जाको प्रयोग र प्रवर्द्धन गर्न प्रतिबद्ध छौं। हामी यूएनएमआईएसएस र हाम्रो तालिम केन्द्रमा साझेदारीमा नवीकरणीय ऊर्जाहरू प्रयोग गर्दैछौं र यो लक्ष्य पूरा गर्न द्विपक्षीयरबहुपक्षीय साझेदारीको खोजीमा छौँ”, उहाँले भन्नुभयो । नेपाल संयुक्त राष्ट्र संघको संरक्षणमा विश्व शान्तिका लागि आफ्नो दृढ प्रतिबद्ध रहेको समेत उहाँको भनाइ छ ।

    नेपाल सन् १९५८ देखि संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा निरन्तर योगदान दिँदै आइरहेको छ । नेपालले शान्ति स्थापनाका लागि विश्वभरका १६ विभिन्न मिसनमा छ सय १६ महिलासहित छ हजार दुई सय ७८ शान्ति सैनिकहरु तैनाथी गरी दोस्रो ठूलो शान्ति सेना र प्रहरी खटाउने देशका रुपमा रहेको छ । शान्ति स्थापनाका क्रममा हालसम्म ८६ शान्ति सैनिकले शान्ति स्थापनाका लागि आफ्नो प्राण त्याग गरेका छन् भने ६६ जना घाइते भएका छन् ।

    हिजो भएको सम्मेलनको उद्घाटनमा घानाका उपराष्ट्रपति महमुदु बहुमियाले विश्व शान्ति, स्थिरता र सुरक्षाका लागि सबै देशबीच सहकार्य हुनुपर्नेमा जोड लिनुभयो ।

    ‘पिस बिगन्स विथ मि’ भन्ने नाराका साथ हिजोदेखि सुरु भएको सम्मेलनमा करिब ९० देशका प्रतिनिधिमण्डलको सहभागिता थियो । उपप्रधानमन्त्री खड्का र नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्य मंगलबार साँझ घानाका उपराष्ट्रपति बहुमियाले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो ।

    सम्मेलनले संयुक्त राष्ट्रसंघको शान्ति मिसनलाई थप प्रभावकारी बनाइ विश्व शान्ति स्थापनाका लागि सहकार्य, समन्वय र सहयोगका साथै यो सम्मेलनमा व्यक्त भएका प्रतिबद्धताहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij