Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले तोके तीन मन्त्रीको जिम्मेवारी


  • आइतबार, मंसिर १७ २०८०

  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले तोके  तीन मन्त्रीको जिम्मेवारी

    काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन्। शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन्।
    यस्तै नेकपा माओवादीबाट मन्त्री भएका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो। अरू मन्त्रीहरू नियुक्त गर्न बाँकी रहेकाले बाँकी मन्त्रालय मुख्यमन्त्री कार्की आफैंले राखेको प्रदेश प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

    गत असोज २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। सुरूमा कांग्रेसका ८ र नेकपा (एमाले) का ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij