काठमाडौं – सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । यो मूल्य हालसम्मकै उच्च हो । यसअघि सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ४ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार १५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
