Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाँचौं संस्करणको सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक


  • सोमबार, भाद्र १८ २०८०

  • पाँचौं संस्करणको सगरमाथा म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक

    काठमाडौं – सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेका अवार्डमा ३२ विद्यामा उत्कृष्ट ५ सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । टोखा नगरपालिकासंगको सहकार्यमा हुन लागेको यस अवार्डमा ज्योति विकास बैंक प्रस्तुतकर्ता रहेको छ भने सहारा ग्रुपले टाइटल स्पोन्सर गरेको छ ।

    यस अवार्डमा राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी विधामा कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

    पाचौं सगरमाथा म्युजिक अवार्ड २०८० मा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड र २५ वर्ष भन्दा लामो समयदेखी रंग पत्रकारितामा सक्रिय पत्रकारलाई रजत पत्रकारिता सम्मान प्रदान गरिने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकार र कलाकारलाई सम्मान गरिने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिएका छन् । खल्ती एप मार्फत भोट गर्न सकिने छ ।

    सर्वोत्कृष्ट राष्ट्रिय भाव

    १,     निशा देशार – राष्ट्र देवो भवः

    २,     कुश्मा महरा ‘प्रगति’- कहाँ छ स्वग

    ३,     डिजराज पौडेल – नेपाली भई

    ४,     हरिकृष्ण बखुन्छ – पुर्वै बग्ने

    ५,     नरेश प्रधान – आउ साथी

    सर्वोत्कृष्ट गायक चलचित्र

    १,     जगदीश समाल  – रुमालै बाटेर (तिम्रो मेरो साथ)

    २,     कालिप्रसाद बाँस्कोटा  – चरी बस्यो दिलैमा (जारी)

    ३,     बबुल गिरी – शिरुपाते जुङ्गामा (छक्का पञ्जा–४)

    ४,     किरण भुजेल – ए साथी सुन (ए साथी सुन )

    ५,     सिडि विजय अधिकारी – नाच सुवा नाच (बुलाकी)

    सर्वोत्कृष्ट गायिका चलचित्र

    १,     मिलन नेवार- मार्सी धानको भात (प्रसाद–२)

    २,     मिना निरौला – धरहरा हैलियो (ह्यारी कि प्यारी)

    ३,     सहिमा श्रेष्ठ- दर्शन सलाम (छक्का पञ्जा– ४)

    ४,     अन्जु पन्त –   ए साथी सुन

    ५,  बानीका प्रधान – उडी छुनु छ आकाश (बगान)

    सर्वोत्कृष्ट गीतकार चलचित्र

    १,     रमेश एमके पौडेल – रुमालै बाटेर (तिम्रो मेरो साथ)

    २,     सुरेश वाग्ले – उडी छुनु छ आकाश (बगान)

    ३,     रमेश पौडेल- के बर मागी  (परदेशी–२)

    ४,     राम अविरल विष्ट- अब गुडौं हामी (महापुरुष)

    ५,     राजु सेन्चुरी – तिम्रो इशारा काफी छ (मिलन)

    सर्वोत्कृष्ट संगीतकार चलचित्र

    १,     दीपक शर्मा – दर्शन सलाम (छक्का पञ्जा– ४)

    २,     सुवास भुषाल -रुमालै बाटेर (तिम्रो मेरो साथ)

    ३,     हरि लम्साल –  उडी छुनु छ आकाश (बगान)

    ४,     कल्याण सिंह – केवल तिम्रै तिर (गुञ्जन)

    ५,     गोविन्द मधुर – आचार्य    खाली छैन मेरो मुटु (विहे पास)

    सर्वोत्कृष्ट पप–आधुनिक गायक

    १,     युवराज चौलागाई -छुटेपछि

    २,     बादल थापा – करिमै खोटो

    ३,     विष्णु भट्ट – केशरी

    ४,     रमण रेग्मी – मुखै चिलाउने

    ५,     प्रताप दास – ए आकाश

    सर्वोत्कृष्ट पप–आधुनिक गायिका

    १,     अनु चौधरी – म त मर्छु होला

    २,     झुमा निरौला- तिम्रो माया

    ३,     रचना रिमाल- यो धोके बाजको राज्य हो

    ४,     एन्जिला रेग्मी- चस्मा लगाउली

    ५,     अनुस्का पाठक – भो मलाई चाहिन्न

    सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार

    १,     भिम विसी – चश्मा लगाउली

    २,     कन्काइष्ट राई- तिमी सागर

    ३,     ज्ञानेन्द्र गिरी –  परिचय

    ४,     निम संगीत- मेरो प्रेम

    ५,     चेतन राई –    तिमी धुन बन

    सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष

    १,     सुमन कुमार धिताल –     फरक भो

    २,     राजेश अर्याल – मेरो माया

    ३,     भुपेन्द्र बुढाथोकी – मुटु टुट्दा

    ४,     सुरेश घमाल सेन्चुरी  -मेरो प्रेम

    ५,     एच.के. धिताल  – बाटो हेर्दा हेर्दै

    सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला

    १,     पद्मा लिंखा मगर- अम्मली पो भए

    २,     देवी पराजुली- हामी नारी

    ३,     राधिका अधिकारी – मनमा के छ

    ४,     नमिता दवाडी – परिचय

    ५,     शान्ता अधिकारी – के दोष

    सर्वोत्कृष्ट पप–आधुनिक नव प्रतिभा गायन

    १,     संगम थपलिया –    हावा सगैं

    २,     रिज्योना कार्की –    मजा बेग्लै छ

    ३,     कैलाश भट्टराई  – धेरै माया गर्छु

    ४,     किशोर विश्वकर्मा   – तिमी मेरै हौक्या

    ५,     निमा शेर्पा   – भन आज

    सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन

    १,     विशाल निरौला/प्रविशा अधिकारी – मुटु मेरो तिमीसगैं छ

    २,     नरेश विसी/एलिना चौहान  – राम साइली – २

    ३,     डेविड शंकर/वेनिशा पौडेल –  सधै यस्तै मिठा कुरा

    ४,     रामकृष्ण ढकाल/मेलिना राई  –  तिमी सागर

    ५,     रोशन सिंह/प्रविशा अधिकारी   – म कसरी हाँसौं

    सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला

    १,     एलिसा बास्तोला  -लुकी छिपी

    २,     निशा कार्की  –  सधै यस्तै मिठा कुरा

    ३,     सनिसा भट्टराई  –   ए होर माया

    ४,     समिक्षा क्षेत्री   –  किन मरिन म – २

    ५,     रेनुका कुमारी श्रेष्ठ (एन्जल)   –  नाता तोड्यौ

    सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष

    १,     राज कटवाल  –  मेसो मिलाएर

    २,     आर.के. परियार – घृणा

    ३,     जिम्मे राई    – आमा– २

    ४,     चिरञ्जीवि सापकोटा  – मेरो माया मजाक भयो

    ५,    सुशान्त आर.टी. – दिल रुन्छ जब

    सर्वोत्कृष्ट  पप–आधुनिक नव मोडल महिला

    १,     दिया जि.सी.  –   चुन्नी (ऐ हावा)

    २,     साइना श्रेष्ठ  –  म त मर्छु होला

    ३,     खुशी कार्की  –   चश्मा लगाउली

    ४,     कविता विष्ट  –  कान्छी नानी

    ५,     चाहना श्रेष्ठ  –  छुट्टि गो बरै

    सर्वोत्कृष्ट पप–आधुनिक नवमोडल पुरुष

    १,     अमित शर्मा    – धोके बाज रैछौ

    २,     गौरव हमाल    -पुरा भयो सपना मेरो

    ३,     भरत कठायत –  मेरो दोष

    ४,     युवराज खतिवडा  –   छुट्टि गो बरै

    ५,     अवि मल्ल – चोट माथि चोट

    सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन

    १,    जनक सिंह -जिन्दगीमा हाँस्नै भुले

    २,    माइकल चन्द  – मेसो मिलाएर

    ३,    र्सिजन बराल (ऋषि)  -मेरो माया मजाक भो

    ४,    लक्ष्मण सुनार- रेलको बाटो–२

    ५,    दिपशिखा  खड्का  –  तिमी सँगसँगै

    सर्वोत्कृष्ट लोक पप गायन

    १,   सौगात जंग थापा   – माया बराबरी

    २,   रोशनी रसाइली –  फुर फुर पुतली

    ३,   काब्या आचार्य – तिम्रै यादमा

    ४,   चिरञ्जीवी भण्डारी -तिमी सगैं हुन

    ५,  समिक्षा अधिकारी – मायाको रोग

    सर्वोत्कृष्ट लोक दोहोरी गायक

    १,     खुमन अधिकारी  –   पिरती घाटामा

    २,     सागर गुरुङ  –  सोल्टीनी

    ३,     सरोज लामिछाने – मुसौरी

    ४,     कुमार कार्की   – मनको चाहना

    ५,     हेमन्त कान्छा रसाइली   – पिरती

    सर्वोत्कृष्ट लोक दोहोरी गायिका

    १,     रमिला न्यौपाने – पिरती  घाटामा

    २,     सम्झना लामिछाने मगर  –  तिम्रो सम्झना आउँछ

    ३,     जुनाश्रीष मगर –  हुन्छ भन

    ४,     सपना रोक्का  – राजाजी

    ५,     रेजिना परियार –  भयो भेट रोधीमा

    सर्वोत्कृष्ट लोक दोहोरी शब्द

    १,     सागर रेग्मी  -अतित तिम्रो मेरो

    २,     विपिन के.सी.  – केहि हुँदैन मेरो राजालाई

    ३,     अर्जुन थापा मगर   – मनमति

    ४,     विक्रमबाबु परियार    -राजा जी

    ५,     पवित्रा न्यौपाने  – किन आको छेउ

    सर्वोत्कृष्ट लोक दोहोरी लय

    १,     ऋषि खड्का  –  तिम्रै सम्झना

    २,     सागर विरही   – जाली मायाको

    ३,     जय देवकोटा  – केहि हुँदैन मेरो राजालाई

    ४,     प्रकाश पराजुली  – मनले खाएको

    ५,     खेम सेन्चुरी   –  काँचो बेलाउती

    सर्वोत्कृष्ट लोक दोहोरी नव प्रतिभा गायन

    १,     टेक अधिकारी  – माच्छि लेउमा

    २,     विक्रान्त पोखरेल – भिरमा टुनी छ

    ३,     राजेन्द्र श्रीपाली संगीत – तिमी बस्यौ यो मेरो नजरमा

    ४,     नवराज बस्नेत  – सम्झिए मन दुख्छ

    ५,     रेनुका भट्टराई – म त ठिटो गाउँले

    सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष

    १,     सागर लम्साल  – केहि हुँदैन मेरो राजालाई

    २,     निक्स शर्मा   – सम्पति

    ३,     ओवी रायमाझी  – क्या छ खबर रातो चुगी

    ४,     सरद एजी – भरै लाएन

    ५,     कृष्ण विसी – सम्झिए मन दुख्छ

    सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला

    १,     जुना  गुरुङ   – अभागी त म हुँ

    २,     अस्मिता पुरी  – जामा

    ३,     सविना आचार्य     -बैंशको गोली

    ४,     एन.जेड. सालु  – जाममाया सुनौली

    ५,     रविना भण्डारी – पोखराको बस

    सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष

    १,     शंकर चन्द –  बाँच्छु की बाँच्दिन

    २,     दिनेश बस्नेत  – हुरी

    ३,     गणेश भट्ट   – मै साप

    ४,     उमाकान्त आचार्य  – रतनचणी इजु

    ५,     मुकुन्द भट्ट   – डाँडा पारी गाउँ

    सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला

    १,     मुना भुर्तेल    – मेरो माया साहै्र चुलबुले

    २,     कुशुम शर्मा  –  सकम्बरी

    ३,     रेनुका खड्का   -तिमी र म जाममाया

    ४,     काब्या खड्का-   आउँ है लजाउँदै

    ५,     प्रिति तामाङ  –  सिमसिम पानी

    सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक

    १,     निशान बानियाँ –  छुन मन छ

    २,     मदन खड्का  – मायामा नभुल

    ३,     एकेन्द्र सारा शंकर  – शिरिरि

    ४,     प्रविन थापा  –  च्याप्प पर्वते माया

    ५,     मौसम हिमाली  – कहाँको साइनो

    सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार

    १,     नवराज उप्रेति   – साँइली

    २,     राम के.सी.   – म त मर्छु होला

    ३,     उत्सव दाहाल –  किन मरिन म –२

    ४,     दिपक गिरी  – सधै यस्तै मिठा कुरा

    ५,     अनिल कटवाल – लाशो

    सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन

    १,     रविन वि.क.    – दंग परे

    २,     सुजन कोइराला  – ए ठुली

    ३,     अमृत चापागाईं – म त मर्छु होला

    ४,     विकास दाहाल  – सधैं यस्तै मिठा कुरा

    ५,     मिलन विश्वकर्मा  –  चश्मा लगाउली

    सर्वोत्कृष्ट नव गीतकार

    १,     आभा निरु    – रिक्तिदैन आँशु

    २,     शिरिषा पौडेल –  तिमी सँगसँगैं

    ३,     नवराज भट्टराई    – कलेजी

    ४,     डिल्ली फुयाल – प्यारी आमा

    ५,     पुरन राउत – असली रुप

    सर्वोत्कृष्ट गजल गायन

    १,     आनन्द कार्की –  झेली गर्यो नियतिले

    २,     कन्हैया सिंह परियार  -अचानक

    ३,     प्रमोद खरेल  – नसोधी देउ बिन्ती

    ४,     थानेश्वर गौतम  – मिलनको अथ

    ५,     अस्मिता अधिकारी – फेरि साथ मेरै

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij