Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ भब्य रुपमा सम्पन्न


  • शुक्रबार, पुष १५ २०७९

  • सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ भब्य रुपमा सम्पन्न

    काठमाडौं – सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ राजधानी काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको छ । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण । प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । उक्त अवार्डमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । ज्योती विकास बैंकको प्रस्तुती रहेको कार्यक्रमलाई साहारा एपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाकारको सम्मानको लागि नगरपालिकाले सहकार्य गरेको बताए । साथै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए । अधिकारीले कलाकारलाई सम्मान गर्न पाउँदा आफु हर्षित भएको पनि बताए ।
    त्यसैगरी वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भट्टराई, नेमिष गौतम, कल्पना रेग्मीलाई प्रदान गरिएको थियो । सगरमाथा रेडियो पत्रकारिता सम्मान कमला पन्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीत प्रशिक्षक तिलकसिंह पेलालाई संगीत विशेष सम्मान गरिएको थियो । लोक गायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनिता गुरुङ, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारी लगायतकालाई सम्मान गरिएको थियो ।

    अवार्ड कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

    अवार्ड विजेताहरु
    १, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार : घनेन्द्र ओझा – परे म मर्छु भोकैले
    २, सर्वोत्कृष्ट राष्ट्रिय भाव संगीतकार : रोशन बान्तवा – गौतम बुद्ध
    ३, सर्वोत्कृष्ट गायक चलचित्र : प्रदाप दास – हर युग होस
    ४, सर्वोत्कृष्ट गायिका चलचित्र : मेलिना राई – सुन्तला
    ५, सर्वोत्कृष्ट गीतकार चलचित्र : राजेश कुमार श्रेष्ठ – हर युग होस
    ६, सर्वोत्कृष्ट संगीतकार चलचित्र : एलिस कार्की – हर युग होस
    ७, सर्वोत्कृष्ट आधुनिक गायक : युवराज चौलागाई – तिम्रो याद
    ८, सर्वोत्कृष्ट पप गायक : आशिष सचिन – सानो सानो कुरामा
    ९,सर्वोत्कृष्ट पप आधुनिक गायक (जुरी)  : राज सागर – खै कसोरी विझाए
    १०, सर्वोत्कृष्ट पप–आधुनिक गायिका – निशा देशार – पाउ हजुर
    ११, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष : विरेन्द्र कुमार बलामी – म बाचेको संसार
    १२, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष (डायस्पोरा) : कुमार मिश्र – एउटा कथा
    १३, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला : गीता अधिकारी – स्वास फेरी
    १४, सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार : योगेश काजी – मलाई हेप्नी
    १५, सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार (जुरी) : शेरा थामी – तिमी बस दिलैमा
    १६, सर्वोत्कृष्ट नव प्रतिभा गायन : सौगातजंग थापा – हाम्रो माया जाल
    १७, सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन  : रिता केसी /प्रविण बेडवाल – तिमी पनि हरायौं
    १८, सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला : रोशनी कार्की – विरानो देश
    १९, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष : कमल सिंह – रुन्न भन्दानी
    २०, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष (जुरी) : विरेन्द्र नौभाग्य – अर्को सार्थी
    २१ सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला : अस्मी थापा – चरी भरर
    २२, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला (जुरी) : प्रनिमा दाहाल – तिम्रै माया
    २३, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष : अंश वर्मा –ए साइली
    २४, सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन : प्रकाश धिताल – भन्नु हुन्थ्यो बाले
    २५, सर्वोत्कृष्ट लोक पप गायक : ओम सुनार – लाहुरे सिपाई दाई
    २६, सर्वोत्कृष्ट लोक पप गायिका : निता आचार्य – रंगीन संसार
    २७, सर्वोत्कृष्ट लोक पप गायिका (जुरी) : अन्जु श्रेष्ठ – नहेरे झै गर्ने
    २८, सर्वोत्कृष्ट लोक दोहोरी गायक : नमराज ढुंगाना – पिरतीमा दम छ
    २९, सर्वोत्कृष्ट लोक दोहोरी गायक (जुरी) : रामहरी भण्डारी – चुरोट सलाई
    ३०, सर्वोत्कृष्ट लोक दोहोरी गायक (पब्लिक च्वाइस ) : जय देवकोटा – माया लाउँछ र त
    ३१, सर्वोत्कृष्ट लोक दोहोरी गायिका : कालिका रोक्का मगर – मुग्लिन पुलतरी
    ३२, सर्वोत्कृष्ट लोक दोहोरी शब्द : विपिन केसी – दाजु भाई
    ३३, सर्वोत्कृष्ट लोक दोहोरी लय : सागर विरही – फुल रसैको
    ३४, सर्वोत्कृष्ट लोक दोहोरी नव गायक : रमेश लामिछाने – हेलम्बुको स्याउ
    ३५, सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका : रिया घले – बार्दलीमा गम्छा
    ३६, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष : निक्स शर्मा – सिकारी
    ३७, सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला : एलिना रायमाझी – मैले माया सम्झेर
    ३८, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला : खुशी थापा – ए मुना
    ३९, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला (जुरी) : अपेक्षा सिंह– नजर नजरको
    ४०, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष : यज्ञराज गिरी – फुर्के जुंगा
    ४१, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष (सन्देश मुलक जुरी) : नरेन्द्र सिंह ठकुरी
    ४२, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक : स्मृति तिमिल्सीना – मुटु बैना
    ४३, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (पप÷आधुनिक) : अमृत सुनुवार – माया लाग्छ कति
    ४४, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (लोक दोहोरी) : कृष्णबहादुर थापा – मिठो सारंगी
    ४५, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन : अनिलकुमार महर्जन – आज किन
    ४६, सर्वोत्कृष्ट नव गितकार पप÷ आधुनिक : विजय खड्का – न बदलिन्छ जीन्दगी
    ४७, सर्वोत्कृष्ट नव गितकार पप÷ आधुनिक (जुरी) : सागर बास्तोला– हे धोकेवाज
    ४८, सर्वोत्कृष्ट नव गितकार ( सन्देश मुलक लोक दोहोरी) : दान आचार्य – बस पियारी
    ४९, सर्वोत्कृष्ट एरेन्जर पप÷ आधुनिक : जीवन बडु – तामा पित्तल
    ५०, सिनियर सिनेमाटोग्राफर अवार्ड : मधुर बस्नेत

    गीतकार बद्री पाण्डे, संगीतकार योगेन्द्र उपाध्याय, संगीतकार शंकर थापा (स्माइल), लोक गायिका जुमा लिम्बु, गायक रमेश पाठक, सनम कठायत, गीतकार प्रकाश सुवेदी, मोडल उषा सुवेदी लगायत जुरी रहेका थिए ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij