काठमाडौं– गुल्मीको सत्यवती ३ कुढडाँमामा जीप दुर्घटना हुदा ५ जनाको मृत्यु भएको छ ।
ठुलोलुम्पेबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जीप गएराति २ बजे समयमा एक्कासी ब्रेक फेल भइ सडकबाट २ सय मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ४ जना घाइते भएका छन् । जीप दुर्घटनामा परि मृत्यु हुनेहरुमा गुल्मी सत्यवती गाउँपालिकाका ५१ वर्षीय झलक सोमै, ३३ वर्षीया जमुना सोमै, ५५ वर्षीय टीका राहादी, ३० वर्षीय मिलन तमारो, ४७ वर्षीय रणबहादुर सिंजापती रहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
