काठमाडौं – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं . ५ का क्षेत्रिय सभापति एवं वाग्मति प्रदेश सभा सदस्य पदका कांग्रेस उम्मेदवार श्याम बहादुर खड्काले एमाले वाट निर्वाचित प्रतिनिधि सभाका सदस्य र प्रदेश सभाका सदस्यहरुले पाँच वर्ष अघि निर्वाचनका वेला जनता सामु गरेका प्रतिवद्धता किन पुरा नगरेको भनि प्रश्न गरेका छन । नारायण गोपाल चोकमा आयोजित चुनावी सभामा बोल्दै खड्काले जनतालाई झुठा आश्वासन दिनेहरुको पराजय निश्चित रहेको बताए ।
आफुहरुले घोषणा गरेका प्रतिवद्धता पुरा गरेरै छाड्ने दृढता व्यक्त गर्दै उनले भने -‘जनमतको अपमान गर्नु, दुरुपयोग गर्नु र धोखा दिनु अपराध पनि हो । जनताको विश्वास र भावना माथी खेल्ने अधिकार कसैलाई पनि छैन ।’ उनले कांग्रेस उम्मेदवारलाई जिताउँन अपिल गर्दै इमान्दार सेवक बन्ने प्रतिवद्धता जनाए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
