काठमाडौं – काठमाडौंवाट रुकुमकोट जाँदै गरेको वस त्रिशुली नदिको किनारमा खसेको छ । रोराङ गाँउ पालिका – १० हुग्दिखोला स्थीत त्रिशुली किनारमा वस खस्दा १६ जना घाइते भएको प्रहरीले जनाएको छ । वस २ सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइतेको उपचार भइरहेको छ ।
घाइतेको नामावली :
१. बस चालक– धादिङको गल्छी गाउँपालिका–८ बस्ने २४ वर्षीय सुमन तामाङ ।
२. पूर्वी रुकुमको सिस्ने गाउँपालिका–४ बस्ने १९ वर्षीय भुवन केसी ।
३. पूर्वी रुकुमकै अन्दाजी २१ वर्षीय मदन बुढामगर । ।
४. दोलखाको वैतेश्वर गाउँपालिका–८ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठ ।
५. पश्चिम रुकुमको बाफिकोट गाउँपालिका–९ बस्ने ३६ वर्षीय मदनबहादुर विक ।
६. कञ्चनपुरका २४ वर्षीय तेजबहादुर कठायत ।
७. कास्कीका कृष्णप्रसाद अधिकार ।
८. काठमाडौं बस्ने अनिष लामिछाने ।
९. बाराको करैयामाई गाउँपालिका बस्ने २७ वर्षीय प्रविण चौधरी ।
१०. रौतहटको चन्द्रपुर नगरपालिका–२ बस्ने २६ वर्षीया सीता मैनाली ।
११. रुकुम पश्चिमको सानोभेरी गाउँपालिका–३ बस्ने ५० वर्षीय नरबहादुर खड्का ।
१२. रुकुम पश्चिमको आठविषकोट गाउँपालिका–८ बस्ने ३४ वर्षीय शिवबहादुर शाही ।
१३. दोलखाको कालिनचोक गाउँपालिका–९ बस्ने ३४ वर्षीय अविशेक खाती ।
१४. सिरहाको गोलबजार नगरपालिका–१३ बस्ने २२ वर्षीय रमेश सिंह ।
१५. बागलुङको निसाखोला गाउँपालिका बस्ने सविन छन्त्याल ।
१६. रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ बस्ने योगेश्वर विक ।
१७. रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ बस्ने प्रेमसिंह बोहोरा ।
१८. रामेछापको मन्थली नगरपालिका–९ बस्ने मिलन लामा ।
१९. धादिङको गल्छी गाउँपालिका–८ बस्ने रत्न तामाङ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
