काठमाडौं – काठमाडौं क्षेत्र नं. ५ मा नेपाल तरुण दलले वृहद तरुण भेलाको आयोजना गरेको छ । तरुण दल क्षेत्र नं . ५ समितिद्धारा आयोजित भेलालाई प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेल प्रदेश सभा सदस्य उम्मेदवारद्धय भैरब सापकोटा श्यामबहादुर खड्का सहित कांग्रेसका भातृ संस्थाका नेताहरुले सम्बोधन गरेका थिए ।पौडेलले तरुणहरुलाई निर्वाचनमा पार्टीलाई विजयी गराउँने गरी लाग्न आव्हान गरे ।
कार्यक्रमको सभापतित्व तरुणदल क्षेत्र नं . ५ का सभापति तेजेन्द्र गुरुङले गरेका थिए भने कार्यक्रमको संचालन तरुण दल क्षेत्र नं . ५ का सचिव रत्न महर्जनले गरेका थिए । भेलामा हजार बढी तरुणहरुको सहभागिता रहेको सचिव महर्जनले जानकारी दिए ।

















""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
