Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मत माग्दै अर्वपति चौधरी भन्छन : ‘आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु’


  • सोमबार, असोज ३१ २०७९

  • मत माग्दै अर्वपति चौधरी भन्छन : ‘आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु’

    काठमाडौं – उद्योगी विनोद चौधरी यतिवेल नवलपुर क्षेत्र नं . २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन । नेपाली कांग्रेसबाट चुनावी मैदानमा खडा भएका नेपालका सर्वाधिक धनी व्यवसायी हुन ।

    जनताको घर दैलोमा मत माग्न अन्य आम उम्मेदवार जस्तै हिडिरहेका चौधरी ले सामाजिक सञ्जालबाट साहित्यीक अपिल गरेका छन ।

    उनले आफ्ना भनाईमा आफु जनतासंग समान धरातलमा उम्याउने वाचा गरेका छन ।

    उनले आफुले भोगेका संघर्षहरु सजिलो नभए को चर्चा गर्दै भनेका छन : ‘दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे !’

    चौधरीले लेखेका छन :

    जिन्दगीको..

    कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका

    उपलब्धिहरु सजिला थिएनन् !

     

    दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे !

     

    जुन देशको पानी पिँए

    जुन देशको माटोमा टेकेर म उभिँए

    जुन देशको शितल हावा पिएर म बाचेँ

     

    आज म त्यहीँ देशको ऋणि बन्न पुगेको छु,

    पिँएको पानीको मुल्य चुकाउनु छ !

    टेकेको माटोमा समृद्धिको मुल फुटाउनु छ!

    बिकास र समृद्धिको बतास देश भर वहाउनु छ,

     

    आज म जुन धरातलमा उभिँएको छु

    उहीँ धरातलमा आफ्ना जनतालाई सगैँ उभाउनु छ !

     

    जनताको सुख:दुखमा हातेमालो गर्दै

    भोलि उदाँउने घामका नौला किरण धर्तीमा

    ठोकिनु अघिनै देशको मुहार फेर्नु छ !

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij