Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंमा कांग्रेसले ७ सिट पाउँने : को – को छन आकांक्षी ?


  • मंगलबार, असोज ११ २०७९

  • काठमाडौंमा कांग्रेसले ७ सिट पाउँने : को – को छन आकांक्षी ?

    काठमाडौं – नेपाली कांग्रेसले काठमाडैमा संघिय संसद तर्फ कम्तीमा सात क्षेत्रमा उम्मेदवारी दिने भएको छ । सत्ता गठवन्धन मा मोटामोटी भएको सहमति अनुसार क्षेत्र नं . १, ३, ४, ५, ६,९ र १० मा उम्मेदवारी दिने सहमति जुटेको हो । बाँकी क्षेत्र नं २, ७ र ८ मा माओवादी र एकिकृत समाजवादीले उम्मेदवारी दिने छन । प्रदेश सभा तर्फ गठवन्धनमा छलफल चलिरहेको छ । गत निर्वाचनमा कांग्रेसले काठमाडौंको १, ४, ६ र १० जितेको थियो । तत्कालीन समयमा बामगठबन्धनका उम्मेदवारले अन्य छ ठाउँमा निर्वाचित भएका थिए ।
    कांग्रेसमा कुन क्षेत्रमा को – को आकंक्षी ?

    क्षेत्र नं. १ :

    यो क्षेत्रमा कांग्रेस पूर्व महामन्त्री प्रकाशमान शिंह उम्मेदवार बन्ने निश्चित जस्तै देखिन्छ । अघिल्लो निर्वाचनमा पनि शिंह नै विजयी भएका थिए । स्थानिय निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले ९ हजार ८९५, एमालले ९ हजार ५४१, राप्रपाले १ हजार ३७६ मत ल्याउँदा माओवादी केन्द्रले १ हजार १५९ मत पाएको थियो ।

    क्षेत्र नं . ३ :

    यो क्षेत्रमा सन्तोष चालिसे र हरिवोल भण्डारी मध्य एकले उम्मेदवारी पाउँने सम्भावना छ । चालिसे गोकणेश्वर नगरपालिकाका पूर्व मेयर हुन । गत स्थानिय निर्वाचनमा यो क्षेत्रमा कांग्रेसको पक्षमा १५ हजार ७९५ र एमालेलाई १४ हजार ८७६ मत खसेको छ । तेस्रो स्थानको मत ल्याएको  माओवादी केन्द्रको १ हजार ७३० छ भने राप्रपाले १ हजार ३१४ र एकीकृत समाजवादीको पक्षमा १ हजार ५६ मत आएको छ ।

    क्षेत्र नं. ४ :

    यो क्षेत्रमा कांग्रेस महामन्त्री गगन थापा निर्वाचन लड्‌दै छन । यस अघि पनि यो क्षेत्र मा थापाले नै जितेका थिए । एमाले १६ हजार ५०७ मत सहित अग्रस्थानमा हुँदा कांग्रेसको पक्षमा स्थानीय तहमा १५ हजार ७६३ मत खसेको छ । तेस्रो स्थानको मत एकीकृत समाजवादीले २ हजार ४१४, राप्रपाले २ हजार २९३, माओवादी केन्द्रले ८४४ र जसपाले ३१७ मत पाएका छन् ।

    क्षेत्र नं. ५

    यो क्षेत्रमा क्षेत्रिय सभापति श्याम बहादुर खड्काले उम्मेदवारी पाउँने बलियो सम्भावना देखिन्छ । यस अघि यो क्षेत्रवाट कांग्रेसका डा . प्रकाशशरण महतले प्रतिस्पर्धा गरेका थिए । स्थानिय निर्वाचनमा एमालेले १९ हजार ७०३, कांग्रेसले १४ हजार ८५३, राप्रपाले २ हजार ८२२, एकीकृत समाजवादी १ हजार ८२७, माओवादीले १ हजार १६८ र जसपाले ५८ मत पाएका छन् ।

    क्षेत्र नं.६

    यो क्षेत्रमा भीमसेन दास प्रधान र सबुज कृष्ण बानियाँ मध्य एकले टिकट पाउँने सम्भावना छ । प्रधानले यस अघि पनि लगातार दुई पटक निर्वाचन जिति सकेका छन भने बानियाँ कांग्रेसको काठमाडौ जिल्ला सभापति हुन ।
    काठमाडौं ६ मा स्थानीय तहमा कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । यस क्षेत्रमा कांग्रेसले १७ हजार २७७, एमालेले १४ हजार ३०३, माओवादीले २ हजार ४६२, एकीकृत समाजवादीले १ हजार ८५९ र राप्रपाले १ हजार ८१६ मत प्राप्त गरेका थिए ।

    क्षेत्र नं . ९

    यो क्षेत्रमा कांग्रेसका ध्यान गोविन्द रञ्जित नानु वास्तोला र जय कृष्ण मर्हजनको दावी छ । रञ्जीत कांग्रेसका पुराना नेता हुन भने वास्तोला केन्द्रीय सदस्य हुन । महर्जन दुई कार्यकाल क्षेत्रिय सभापति भएका स्थानिय नेता हुन ।
    स्थानिय निर्वाचनमा कांग्रेसले १९ हजार ९१६, एमालेले १९ हजार २८२, राप्रपा २ हजार ४०१, माओवादी ६९५, एकीकृत समाजवादीले ४६५ मत ल्याएका थिए ।

    क्षेत्र नं . १०

    यो क्षेत्रमा कांग्रेसका राजन केसी चुनाव लड्ने तयारीमा छन । संविधान सभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लाई पराजित गरेर चर्चामा आएका केसी यस अघि पनि सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । स्थानिय निर्वाचनमा कांग्रेसको पक्षमा २४ हजार ६७५ मत खस्दा एमालेले १८ हजार ८३८ मत ल्याएको थियो ।
    गठबन्धनको अर्को दल माओवादीले तेस्रो स्थानको मत ४ हजार ९४२ प्राप्त गर्यो । राप्रपाको पक्षमा २ हजार ४९६ र एकीकृत समाजवादीलाई १ हजार ३४२ मत खसेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij