काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलका लागी आमन्त्रण गएकी छिन । नागरिकता विधेयक का वारेमा छलफल गर्ने राष्ट्रपतिले एमाले नेताहरुलाई छलफलका लागी बोलाएकी हुन । उनले आजै कांग्रेसका नेताहरु संग पनि छलफल गरेकी थिइन ।
नागरिकता विधेयक फिर्ता गरेकी राष्ट्रपति सरकारले पुन : जस्ताको त्यस्तै विधेयक अघि बढाए पछि असन्तुष्ट छिन । एमालेले उपाध्यक्ष सुवास नेम्बाङ को नेतृत्वमा छलफलमा सहभागी हुने तयारी गरेको छ । छलफल साँझ ५ बजे बोलाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
